माघ २९, काठमाण्डौ । एनआईसी एशिया ब्यांकले भ्यालेन्टाइन डे विशेष कार्यक्रम ल्याएको छ । मोबाइल ब्यांकिङ एप मार्फत् कारोबार गर्ने ग्राहकलाई एनआईसी ब्यांकले सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डेमा निशुल्क डिनरको अफर ल्याएको हो ।
२८ माघदेखि तीन दिनसम्म मोबाइल एप मार्फत् कारोबार गर्ने मध्ये २० जनालाई प्रेमी(प्रेमिका तथा जीवनसाथीसँग सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् । एपबाट जतिसुकै कारोबार गर्ने ग्राहक पनि यो अफरमा सामेल हुनेछन् ।