फाल्गुण १३, काठमाण्डौ । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले गोकर्ण रिसोर्टको लिज सम्झौताको प्रकरणसहित नेपाल ट्रष्टको देशभरि भएको सम्पत्ति विवरणबारे श्वेतपत्र सार्वजनिक गर्ने भएका छन् । मंगलबार दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरणबारे पोखरेलले जानकारी दिन लागेका हुन् ।
पोखरेल अहिले नेपाल ट्रष्टको अध्यक्ष छन् । प्रधानमन्त्री ओलीनिकट व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि ट्रष्टमाथि प्रश्न उठ्दै आएको छ ।