कोरोनाले निम्ताएको आर्थिक संकट: यी क्षेत्रमा देखिदैछ नकारात्मक प्रभाव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २८, शुक्रबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

-निर्देशन त्रिपाठी                                        

कोरोना भाइरल (कोबिड-१९) को संक्रमणका कारण बिश्वका धेरै मुलुक एतिबेला आक्रान्त बनिरहेका छन । करिब ९० हजार मानिसको मृत्यु भैसकेका छन भने करिब १२ लाख मानिस संक्रमीत भएका छन । कोरोनाले एतिबेला बिश्व बजारमा आर्थिक सामाजिक कृषि मनोबैज्ञानिक प्रभाव पारिरहेको छ । कोरोना भाइरस बाट सुरक्षित रहनको लागि लकडाउन गरिएको छ भने सामाजिक दुरी (Physical Distance) कायम गरिएको छ । विभिन्न ब्यबसाय एतिबेला ठप्पको स्थितिमा छ । यो महामारीले गरिब सर्बहारा, श्रमिक,साना गरिब बिहान-बेलुका छाक टार्न जनता निकै मारमा परिरहेको छन। आर्थिक रूपले संकट आउने सम्भावना देखिदै गएको छ । नेपाल जस्तो अल्पबिकशित मुलुकमा आर्थिक संकट आउदैन भन्न सकिँदैन । नेपाल परनिर्भर मुलुक हो। एकअर्का देशबिच निर्भर रहदै आएका छौ ।

हामी यसै एकअर्का बिच परनिर्भरतामा बाँचेकै देश हो । हाम्रो BOP ( Balance Of Payment ) विभिन्न देशहरुसंग नकारात्मक (Negative) मै रहेको अवस्थामा कसरी धान्ला ?  गाह्रो छ । जसले राजस्व तिर्छ उसैलाइ नै राहत दिनुपर्ने अवस्थामा सरकार रहेको छ ।

अहिले एक अर्कासंग लिएको सापटी पैसा समेत तिर्न कठिनाइ परिरहेको अवस्था छ । यसले के देखाउछ भने कतै हाम्रो सामाजिक अवस्थामा त एक अर्का बिच दुरी बढ्ने त होइन भन्ने देखाउछ । प्रत्यक्ष राजस्व ह्वात्तै घटेको छ । अनुमानित राजस्वले साधारण खर्चसमेत धान्न सक्ने अवस्था छैन । सरकारले पैसा ल्याउन गाह्रो छ । गम्भीर अवस्थामा अहिलेको नेपालको अर्थतन्त्र देखिन्छ । हामी यसै एकअर्का बिच परनिर्भरतामा बाँचेकै देश हो । हाम्रो BOP ( Balance Of Payment ) विभिन्न देशहरुसंग नकारात्मक (Negative) मै रहेको अवस्थामा कसरी धान्ला ?  गाह्रो छ । जसले राजस्व तिर्छ उसैलाइ नै राहत दिनुपर्ने अवस्थामा सरकार रहेको छ । चाहे त्यो औद्योगिक क्षेत्रको कुरा गर्नुहोस्  चाहे त्यो पर्यटन, कृषिको नै किन नहोस । यसले कतै (High Inflation Rate) गराउने त हैन भन्ने चिन्ता हुनु स्वाभाविक नै हो ।  यसबारेमा सरकार चनाखो हुनु जरुरी छ र जनतालाइ आश्वस्त पार्नुपर्ने नै हुन्छ । अहिले कुनै ब्यक्ति बैंकमा जान्छ बैंकमा पैसा झिक्न खोज्छ र बैंकले पनि पैसा दिइहाल्ने अवस्था पनि छैन । हामी जनता पनी कममा भने छैनौ, महिनाभरी पुग्ने समान सञ्चित गरेर राख्छौँ । आजको कुरा गर्ने हो भने बिश्व बजारमा नेपाली पैसा एकदमै सस्तो छ त्यसले पनि नेपाली अर्थ प्रणालीमा प्रभाव पारिरहेको छ । अब नेपालको अर्थ प्रणाली crisis कि crash कि Destroy भन्ने गम्भीर चिन्ता हुन थालेको छ ।

अहिले सरसर्ती हेर्ने हो भने समाजका हरेक छेत्र नराम्ररी ढंगले नकारात्मक अवस्थामा रहेको छ । चाहे कृषिको कुरा गर्नुस् चाहे कलकारखानाको कुरा गर्नुस् । आफ्नो उत्पादन विभिन्न ढंगले आफै जोत्न थालेका छन । दुध फाल्न थालेका छन् । अवश्य नै त्यो सकारात्मक कुरा हैन ।आम किसानहरु विभिन्न तरकारी बारिमा डोजर र ट्याक्टर लाएर जोत्न बाध्य भएका छन ।अभावको कारणले तत्काल राहत नपाए धान्नै नसक्ने गरि किसान घाटामा जाने देखिन्छ र आगामी दिनमा कृषि क्षेत्रमा संकट नआउला भन्न सकिन्न ।

उत्पादनको काम दिनहुँ चाहिने धान रोपौ, मकै रोपौ, गहु लगाऔँ, कम्तीमा खान त पुग्छ । खासगरी साना व्यावसायी होस् या ठुला व्यवसायी उनिहरु बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्ता बाट ग्रसित बनेका छन । यस विषयमा ध्यान जान जरुरी छ । गरिब विपन्न ज्याला गरी खाने अतिगरिब, गुजारा चलाउने मानिसहरु आफ्नो दिनको छाक कसरी टार्ने चुल्हो कसरी बाल्ने भन्ने चिन्तामा देखिन्छन । यस विषयमा सरकारले गम्भीरता पुर्बक सोच्न जरुरी छ । अहिले सरसर्ती हेर्ने हो भने समाजका हरेक छेत्र नराम्ररी ढंगले नकारात्मक अवस्थामा रहेको छ । चाहे कृषिको कुरा गर्नुस् चाहे कलकारखानाको कुरा गर्नुस् । आफ्नो उत्पादन विभिन्न ढंगले आफै जोत्न थालेका छन । दुध फाल्न थालेका छन् । अवश्य नै त्यो सकारात्मक कुरा हैन ।आम किसानहरु विभिन्न तरकारी बारिमा डोजर र ट्याक्टर लाएर जोत्न बाध्य भएका छन ।अभावको कारणले तत्काल राहत नपाए धान्नै नसक्ने गरि किसान घाटामा जाने देखिन्छ र आगामी दिनमा कृषि क्षेत्रमा संकट नआउला भन्न सकिन्न । कमसेकम हामिले यस्ता बस्तु राख्ने ठाउँ (Dry Store) बनाउन सकेको भए र ध्यान गएको भए यस्तो आपत आउने थिएन कि । दिनका दिन लाखौ लिटर दुध फालिएका छन । करोडौंको नोक्सानी भैरहेको छ । गरिब किसानले लाखौ ऋण लिएर खोलिएका फर्म यतिबेला टोक्नु न बोक्नुको अवस्थामा पुगेको छ । पोल्ट्री व्यावसायहरु उठ्नै नसक्ने गरी थलिएका छन । दैनिक करोडौंको अण्डा तथा चल्ला नष्ट गरिएको छ । यसले गर्दा आम किसानमा गम्भिर चिन्ता र नैराश्यता पैदा भएको छ ।

अहिले हामीले निर्यात गर्ने भनेको पाम तेल (veg oil), अलैंची , पस्मिना , अदुवा , कफि , चिया निर्यात पनि ठप्पको स्थितीमा छ । यसले गर्दा हाम्रो पनि हाम्रो आर्थिक क्षेत्रमा प्रभाव पारिरहेको छ । कतिपय बिकाश निर्माणका काम पनि ठप्पको अबस्थामा छ रोजगारी पनि बन्द छ ।

अर्थशास्त्रमा एउटा विषय छ माग र पुर्ति  (Demand and Supply)  जब माग  हुदैन तब पुर्ति कम हुन्छ र नष्ट हुन सक्छ तबकी हाम्रो राख्ने ठाउँ या सञ्चित गर्ने ठाउँ हुँदैन ।हाम्रा कतिपय कृषि बस्तुहरु भण्डारण गरेर राख्न सकिँदैन । जब पुर्ति (supply) कम हुन्छ हाम्रो उत्पादन (production) पनि कम हुन्छ । यसले हरेक कुरालाई बहुआयामिक असर (Multiplier Effect) पारिरहेको हुन्छ । हामिले हरेक कुराको कच्चा पदार्थ (raw Material)विभिन्न देशबाट आयात गर्छौ त्यो पनि बन्द अबस्थामा छ । हामीले अन्तिम बस्तु (final product) पनि उत्पादन गर्न सकेका छैनौ । त्यसले गर्दा सामान बजारमा पठाउन सकिरहेका छैनौ । सिमानाका पनि बन्द अबस्थामा छ । अहिले हामीले निर्यात गर्ने भनेको पाम तेल (veg oil), अलैंची , पस्मिना , अदुवा , कफि , चिया निर्यात पनि ठप्पको स्थितीमा छ । यसले गर्दा हाम्रो पनि हाम्रो आर्थिक क्षेत्रमा प्रभाव पारिरहेको छ । कतिपय बिकाश निर्माणका काम पनि ठप्पको अबस्थामा छ रोजगारी पनि बन्द छ । पर्यटन क्षेत्रमा काम गर्ने रोजगार पनि ठप्प छ । चाहे त्यो कृषि क्षेत्र होस् या चाहे त्यो अरु क्षेत्र सबै बन्द अबस्थामा रहेको छ । कुनैपनि पुर्बाधारको काम पनि बन्द अबस्थामा रहेको छ । बिदेशबाट पठाउने रकम रेमिट्यान्स पनि ठप्प छ । कुनै रेमिट्यान्स नेपाल नभित्रिदा पनि गम्भीर अबस्थामामा देश आइपरेको हो कि भन्ने लागिरहेको देखिन्छ । यस बारेमा बेलैमा सोच्नुपर्ने देखिन्छ । यस बिचमा पर्यटन क्षेत्र पनि बन्द अबस्थामा रहेको छ ।

पर्यटन बर्ष २०२० पनि स्थगित गरिएको छ । कतिपय ब्यबसाय २०२० लाई पनि लक्षित गरेर खोलिएका थिए कतिपय ब्यबसाय ऋणमा लिएर स्थापना गरिएका थिए ती पनि अहिले संकटको घडिमा रहेका छन । एतिबेला पर्यटन आउने समय पनि हो । त्यो पनि बन्द अबस्थामा छ । यतिबेला पर्यटकिय गन्तव्य ठमेल , पोखरा , सौराहा सुनसान छन कुनैपनि होटल शुन्य प्रतिशत (Occupancy) मा चलाइरहेका छन । कतिपय होटल , ट्रेकिङ क्षेत्र , ट्राभल एजेन्सी (Travel Agency) बैंकको ब्याज तिर्न समेत नसकेर टाट पल्टन सक्ने स्थितीमा पुगेका छन । यो बारेमा सरकार गम्भीर हुन जरुरी छ । सब राजनीति दलहरु ,अर्थ मामिलाका जानकारहरु, व्यावसायिहरु , सरोकारवालाहरु देशको अर्थतन्त्र बचाउने दिशामा आफ्नो ध्यान केन्द्रित गर्न जरुरी छ । पहलकदमी लिन जरुरी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस