असार २०, काठमाडौँ । कोभिड– १९ सङ्क्रमण रोकथामका लागि जारी लकडाउनका कारण नेपालको पर्यटन क्षेत्रमा अहिलेसम्म ३४ अर्ब रुपियाँ बराबरको नोक्सान भएको मूल्याङ्कन सरकारले गरेको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनका समयमा सम्पादन गरेका कामको सार्वजनिक कार्यक्रममा चैत ११ गतेदेखि अहिलेसम्म सो बराबरको नोक्सान भएको मन्त्रालयले जनाएको छ । यस्तो नोक्सानी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब बढ्ने अनुमान पनि मन्त्रालयको छ ।