चैत्र १०,धादिङ । प्रथम गजुरी महोत्सवको तयारी पुरा भएको छ । चैत्र १२ गतेदेखि सुरु हुन लागेको महोत्सवमा धादिङका उत्पादनको प्रदर्शन गरिने आयोजकले बताएको छ ।
नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले उद्धघाटन गर्ने महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामाग्रीहरुलाई प्रदर्शनी मुख्य उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको साना तथा मझौला व्यवसायी महासंघ धादिङले जनाएको छ ।
महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्जन लगायतका आकर्षणहरु रहेका छन् । महोत्सव आगामी चैत्र २४ गते सम्म सञ्चालन हुनेछ ।