एफएनसीसीआई बागमतीको आयोजनामा शिप तथा क्षमता अभिवृद्धि गोष्ठि सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २१, मंगलबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २१,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आफ्ना बस्तुगत तथा नगरभित्रका सदस्य संघहरुको शिप तथा क्षमता अभिवृद्धि गर्ने हेतुले धुलिखेलको माउण्ट प्रिन्सेस होटलमा दुईदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । नगरभित्रका ९ वटा वाणिज्य संघ र ४ वटा वास्तुगत सदस्य संघका ५२ जना कार्यसमिति पदाधिकारीको सहभागीता रहेको सो तालिम गत सुक्रवारदेखी सुरु भएको थियो । महासंघका केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यएफएनसीसी बागमतीको आयोजनामा शिप तथा क्षमता अभिवृद्धि गोष्ठि सम्पन्नक्रमको आयोजना गरी उद्घाटन गरिएको सो कार्यशाला गोष्ठी हिजो सनिवार सम्पन्न भएको हो ।

सहजकर्ता बिनय महर्जनको सहजिकरणमा संचालित सो कार्यशाला गोष्ठीमा वाणिज्य संघका पदाधिकारीहरुने वहन गर्नु पर्ने काम कर्तब्य र जिम्मेवारी लगायत संघ संचालनको प्रकृया र तरिकाहरुबारे शीप र ज्ञान प्रदान गरिएको थियो । महासंघको बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले सो गोष्ठीले नव गठित नगर उद्योग वाणिज्य संघलाई सु-संगठित तथा सु-ब्यवस्थित रुपमा संचालन गर्नको लागि आवश्यक क्षमता तथा दक्षता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको बताए। गोष्ठीमा सहभागिता किर्तिपुर नगर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले उक्त गोष्ठीबाट आफुले धेरै कुरा सिक्ने अवसर पाएको प्रतिकृया दिंदै आगामी दिनमा आफ्नो संघलाई थप ब्यवस्थित रुपमा अगाडि बढाई ब्यापारी तथा ब्यवसायी सदस्यहरुको हक हितको निमित्त प्रभावकारी रुपमा कार्यक्रमहरु संचालन गर्ने शिप र ज्ञान हाँसिल गरेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस