हुवाासिन सिमेन्ट उद्योगले भोलिदेखि परीक्षण उत्पादन थाल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २३, शुक्रबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस २३,धादिङ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले भोलि शनिवारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ ।

हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ । व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्ने उनले बताए । डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो । नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको यो उद्योगमा गएको कात्तिकको अन्तिम हप्तादेखि विद्युत् उपलब्ध भएको थियो । उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको जनाएको छ । ड्राई प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा अहिले अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (ईएसपी) जडान गरिएको छ ।

आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ । प्लान्टलाई प्रविधिमैत्री बनाइएको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सीसीआर) बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिन्छ । अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवम् भर्टिकल रोलर मिल ९भीआरएम० प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ । भीआरएम अत्याधुनिक प्रविधि हो । यो हुवासिनको आफ्नै उत्पादन हो ।

अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज प्रुफ र ओस नलाग्ने उद्योगले जनाएको छ । वेस्ट हिट रिकभरीबाट झन्डै पाँच मेगावाट विद्युत् उत्पादन हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए । मर्स्याङ्दी–काठमाण्डौ १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो । नेपाल विद्युत् प्राधिकरणले सबै उद्योगमा क्षमताअनुसारको थप बिजुली माग गर्न र थप लोड स्वीकृतिका लागि अनुरोध गरिरहेको बेला यो उद्योगमा समेत लाइन जोडिइ सञ्चालनमा आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस