निर्माणाधीन २५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २६, बुधबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २६,म्याग्दी । पश्चिम म्याग्दी मालिका गाउँपालिका ६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम थालिएको छ ।

नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पदार्थको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाको प्रवर्धक कालिका हाइड्रोपावर प्रा.लि.का अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।

आयोजना स्थानीयवासी, म्याग्देली प्रवासी साथै गैरआवासीय नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको उनले बताए । आयोजनालाई अवको तीन वर्षभित्र सक्नेगरी काम अगाडि बढाइएको उनले बताए । कोरोना महामारीका कारण आयोजना निर्माणमा ढिलाइ भएको उनले बताए । आयोजना दुईवर्ष अघि शिलान्यास गरिएको थियो ।

सानिमा बैंक प्रमुख रही थप छ वटा बैंकहरुले यस आयोजानमा लगानी गरेका छन् । आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत् केन्द्रिय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट आठ रुपियाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपियाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदविक्री हुने सम्झौता भएको छ । आयोजनाको साइट कार्यालय, आवास गृहसहितका भौतिक संरचना तयार पारिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस