अध्यक्षमा पूर्वन्यायाधीश रमणकुमार गौतम नियुक्त

सहकारी समस्या समाधान गर्न समिति गठन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २१, शुक्रबार (११ महिना अघि)
  • ११५ पटक पढिएको
सहकारी समस्या समाधान गर्न समिति गठन गर्ने

|मन्त्रिपरिषद्को बैठक काठमाडौँ, २० वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

बैशाख २१, काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गर्दै सोको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्यालाई समाधान गर्न प्राथमिकता दिँदै अध्यक्ष नियुक्त गरेको हो ।

बैठकले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस