जेठ ३,काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनःनियुक्त भएका छन् । बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी असार १७ गतेदेखि लागू हुने गरी आगामी २ वर्षका लागि सीईओमा पुनःनियुक्त गरिएको हो । यसअघि ढुङ्गाना विस।२०७९ असार १७ गतेदेखि लागू हुने गरी बैंकको सीईओ नियुक्त भएका थिए ।
रुपमा परिचित छन्।