सुनको भाउमा फेरि नयाँ रेर्कड ! आज प्रतितोला १ हजारले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ २५, शुक्रबार (१० महिना अघि)
  • १८३ पटक पढिएको
सुनको भाउमा फेरि नयाँ रेर्कड ! आज प्रतितोला १ हजारले बढ्यो

जेठ २५,काठमाडौँ । सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो ।

शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गतेको उच्च मूल्य रेकर्ड पनि तोडिएको छैन । अन्तर्राष्ट्रिय बजारमा जेठ ७ गते प्रतिऔंस २४५० डलर पुगेको सुन शुक्रबार ९१०ः४० बजे० २३८५ डलर छ ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस