शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ६, बिहिबार (१० महिना अघि)
  • १२६ पटक पढिएको
शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

असार ६,काठमाडौँ । पानी पोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि का तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लि.का तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमती प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्र (MOU) मा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु,कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, USG, ECG, ECHO मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस