सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल जजिराबिच रेमिटान्स सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ६, बिहिबार (१० महिना अघि)
  • ११८ पटक पढिएको
सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल जजिराबिच रेमिटान्स सम्झौता

युएईको ख्यातिप्राप्त अल जजिरा एक्सचेन्जर सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । युएईमा रहेका नेपालीहरुले अल जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिन्छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमोकोड CITY 100  प्रयोग गरी भुक्तानी लिदा रु. १०० सम्म बोनस पाउन सकिन्छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस