लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत भण्डारी पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ १५, शनिबार (९ महिना अघि)
  • १६४ पटक पढिएको
लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत भण्डारी पक्राउ

असार १५,ललितपुर । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस