असार २०,काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेको हो । कारोबार सुरु भएको केहीबेरमै २१२९ अंकसम्म पुगेको नेप्से २११९.६९ अंकमा पुगेर बन्द भएको छ । दिनभर उतारचढाव बेहोरेर नेप्से ०.७३ प्रतिशतले बढेको हो ।
कारोबारमा आएका ९२ कम्पनीको शेयर मुल्य घटेपनि १४९ कम्पनीको भाउ बढ्दा नेप्सेमा उत्साह छाएको हो । यसदिन ६ कम्पनीको मूल्य यथावत रहे ।
यसक्रममा ८४ हजार १ सय २६ करोबारमार्फत ३ सय १३ स्क्रिप्टका २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँमा किनबेच भए ।
यसदिन वित्त र उत्पादनमुलकबाहेक सबै समूहको उपसूचकमा सुधार आएको छ । सबैभन्दा बढी वृद्धि विकास बैंक समूहमा ३.४३ प्रतिशतले भएको छ ।
नेप्से बढेको दिन बजार पुँजीकरण ३३ खर्ब ६२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ ।