सुनको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • ६२ पटक पढिएको
सुनको भाउ घट्यो

साउन ६,काठमाडौँ । सुनको मूल्य आज प्रतितोला रु. एक हजार तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु. एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।

त्यस्तै शुक्रबार प्रतितोला रु. एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु. एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार आठ सय १० निर्धारण भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस