सुन र चाँदीको भन्सार शुल्क घटाउने भारतको घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण ८, मंगलबार (९ महिना अघि)
  • ९२ पटक पढिएको
सुन र चाँदीको भन्सार शुल्क घटाउने भारतको घोषणा

साउन ८,काठमाडौँ । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ ।

वित्त वर्ष २०२४र२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो ।

बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन र चाँदीमा ६ प्रतिशत कायम गर्ने उल्लेख छ ।

यसले भारतभित्र सुन र चाँदीको मूल्य अहिलेको तुलनामा कम हुने छ । हाल भारतीय बजारमा सुनको भाउ प्रति १० ग्राम ७३ हजार ५८० भारु (१ लाख १७ हजार ७२८ रुपैयाँ) छ । नेपाली बजारमा भने प्रति १० ग्राम सुनको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस