दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १३, आईतबार (८ महिना अघि)
  • १२४ पटक पढिएको
दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालियो

साउन १३,काठमाडौँ । आइतबार दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालिएको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन ।

सवा १२ बजेसम्म नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५५ अंक ९२।१६ प्रतिशत० बढेको छ । यो समयसम्म नेप्से २६२५ अंकमा छ भने २ अर्ब ७४ करोडको कारोबार भएको छ ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ । यसले गर्दा सुरुआती समयमा खरिदकर्ता आक्रामक भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस