सेयर बजार ११३ अंकले बढ्यो ! झण्डै १६ अर्बको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १३, आईतबार (८ महिना अघि)
  • ११८ पटक पढिएको
सेयर बजार ११३ अंकले बढ्यो ! झण्डै १६ अर्बको कारोबार

साउन १३,काठमाडौँ । आइतबार सेयर बजार ११३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि सम्हालिएको थियो ।

बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढ्यो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन । लगानीकर्ताले आज कर्मसियल बैँकको शेयर किन्न पाउनै सकस भयो । आज १५ अर्व ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैँयाको कारोबार भएको छ ।

१२:०२ बजे नेप्से आजको अधिकतम अंक २७०८ मा पुगेको थियो । यस दिन माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढे । माइक्रोफाइनान्स भने १० अंक (०.१८ प्रतिशत) घट्यो । बैंकिङ सबैभन्दा धेरै ९.८९ प्रतिशत बढ्यो । विकास बैंक ४.८, फाइनान्स १.२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर ०.८३, लगानी ५.७५, जीवन बीमा ४.२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ तथा व्यापार २.६२ प्रतिशत बढ्यो ।

यस दिन स्टान्डर्ड चार्टर्डबाहेक अरु १८ वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो । स्टान्डर्ड चार्टर्डको ८.३ प्रतिशत मूल्य बढ्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस