राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १४, सोमबार (८ महिना अघि)
  • ११६ पटक पढिएको
राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल

साउन १४,काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल आएका छन् । २०८१ साउन १४ गतेदेखि लागू हुनेगरी गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन् ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर ९एमबीए० गरेका पौडेल हाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा कार्यकारी निर्देशक छन् । योसँगै यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक डा।गुणाकरण भट्टलाई अनुसन्धान विभाग पठाइएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभाग निकै महत्वपूर्ण विभागको रुपमा रहेको छ । यसअघि यस विभागको नेतृत्वमा रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै प्रवक्ता डा।भट्टलाई अनुसन्धान विभागको नेतृत्व प्रदान गरिएको हो ।

उसो त यसअघि नै डा.भट्टले अनुसन्धान विभागको नेतृत्व सम्हालिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस