सरकारले विश्व बैंकबाट झन्डै १३ अर्ब ३३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १५, मंगलबार (८ महिना अघि)
  • २२२ पटक पढिएको
सरकारले विश्व बैंकबाट झन्डै १३ अर्ब ३३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने

साउन १५,काठमाडौँ । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि झन्डै १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बैठकले १३ अर्ब ३३ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै गरिब परिवार पहिचान तथा परिचयपत्र निर्देशिका २०७५ अनुसार १५ वटा जिल्ला– ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका दुई लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय पनि भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस