साउन १६,काठमाडौँ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब ६४ करोड नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । बुधबार एकैदिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रूपैयाँको सेयर कारोबार भएको छ ।
यस अघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैया रहेकोमा आज रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको हो । आज शेयरबजार नेप्से परिसुचक पनि ६४ दशमलब २६ अंकले वृद्धि भएको छ ।
आज नेप्से परिसुचक २७ सय ६० दशमलब ९१ अंक पुगेको छ । पछिल्लो समय राष्ट्रबैंकले शेयरबजारमा लचिलो नितीसहितको मौद्रिक निति ल्याएपछि शेयरबजार चम्किएको छ ।