एभरेष्ट बैंकको नाफा र ब्याज आम्दानी दुवै बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • ८३ पटक पढिएको
एभरेष्ट बैंकको नाफा र ब्याज आम्दानी दुवै बढ्यो

साउन २१, काठमाण्डौँ ।  एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को अपिरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार बैंकले समीक्षा अवधिमा ३ अर्ब ७० करोड ६ लाख रुपियाँ नाफा गरेको छ । अघिल्लो आवको तुलनामा नाफा १०.०७ प्रतिशत बढेको हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा ३ अर्ब ३६ करोड २१ लाख रुपियाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकले ७ अर्ब ६६ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा ७ अर्ब ४१ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकको गत आवमा लाभांश वितरण क्षमता २९.८६ प्रतिशत छ भने वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपियाँ छ । यस अवधिमा बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ६४ करोड रुपियाँ कर्जा लगानी गरेको छ ।

११ अर्ब ७६ करोड रुपियाँ चुक्ता पुँजी रहेको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपियाँ सञ्चित छ ।

असार मसान्तसम्म प्रतिशेयर आम्दानी ३१.४५ रुपियाँ र प्रतिशेयर नेटवर्थ ३३६.०६ रुपियाँ, र खराब कर्जा ०.७१ प्रतिशत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस