हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बढेर पुग्यो दुई अर्ब ८३ करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • ९६ पटक पढिएको
हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बढेर पुग्यो दुई अर्ब ८३ करोड

साउन २१, काठमाण्डौँ ।  गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म हिमालयन बैंकको खुद नाफा ८१.६० प्रतिशतले वृद्धि भएको छ ।

बैंकले गत आवमा २ अर्ब ८३ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ५६ करोड रुपैयाँ थियो ।

त्यस्तै समीक्षा अवधिमा बैंकले ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा ९ अर्ब ९२ करोड रुपैयाँ थियो ।

असार मसान्तसम्म बैंकले २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

२१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । यस्तै बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३.१० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७६.९० रुपैयाँ र खराब कर्जा भने ४.९१ प्रतिशत छ

ताजा अपडेट

खोजी गर्नुहोस