एनआईसी एशियाले कमायो १.३८ अर्ब नाफा, वितरणयोग्य नाफा भने ऋणात्मक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २१, सोमबार (८ महिना अघि)
  • १०६ पटक पढिएको
एनआईसी एशियाले कमायो १.३८ अर्ब नाफा, वितरणयोग्य नाफा भने ऋणात्मक

साउन २१, काठमाण्डौँ ।  गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्म एनआईसी एशिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३८ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ४४ करोड रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड रुपियाँमा सीमित भएको छ । अघिल्लो आवमा बैंकले १२ अर्ब २५ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यसैगरी गत आवको असार मसान्तसम्म बैंकको खुद फी तथा कमिसन आम्दानी १३.८८ प्रतिशतले घटेर २ अर्ब रुपियाँ, कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशतले घटेर १३ अर्ब १६ करोड रुपियाँ र सञ्चालन मुनाफा ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड रुपियाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा वितरणयोग्य नाफा २ अर्ब ३० करोड रुपियाँ ऋणात्मक छ, जुन अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५३ करोड रुपियाँ थियो ।

साथै, गत आवको चौथो त्रैमाससम्म बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपियाँ र जगेडा कोषमा १५ अर्ब २५ करोड रुपियाँ सञ्चित छ । त्यस्तै, निक्षेप १३.८६ प्रतिशतले बढेर ३ खर्ब ५४ अर्ब रुपियाँ र कर्जा ३.९५ प्रतिशत बढेर २ खर्ब ७२ अर्ब रुपियाँ छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ९.२६ रुपियाँ, प्रतिशेयर नेटवर्थ २०२.२४ रुपियाँ र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

अघिल्लो आवमा खराब कर्जा ०.११ प्रतिशत रहेकामा समीक्षा अवधिमा १.७४ प्रतिशत पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस