सुनचाँदीकै भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २३, बुधबार (८ महिना अघि)
  • ४६ पटक पढिएको
सुनचाँदीकै भाउ घट्यो

साउन २३,काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो । यसअघि सोमबार सुनको मूल्य अहिलेसम्मकै धेरै १ लाख ५० हजार रुपैयाँ तोलामा बिक्री भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस