सेयर बजार कारोबार फेरि नयाँ रेकर्ड ! नेप्सेले २८ सयको लाइन पार गर्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २७, आईतबार (८ महिना अघि)
  • ११५ पटक पढिएको
सेयर बजार कारोबार फेरि नयाँ रेकर्ड ! नेप्सेले २८ सयको लाइन पार गर्यो

साउन २७,काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।

कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

२२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ । सबै क्षेत्रगत सूचक बढेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस