नेप्से

साताको चौथो दिन नेप्से : ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोड बराबरको करोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण ३०, बुधबार (८ महिना अघि)
  • १३५ पटक पढिएको
साताको चौथो दिन नेप्से : ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोड बराबरको करोबार

साउन ३०, काठमाण्डौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३४.२९ अंकले बढेर दुई हजार ९ सय ५७ दशमलब ७५ विन्दुमा बन्द भएको हो ।

आज नेप्सेमा २३ अर्ब ४३ करोड ५ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १५६ वटाको बढेको छ भने ७९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य आज स्थिर रहेको छ ।

आज नौ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने चार कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । यसका साथै आज दुई कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

बढेको बजारमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा भने नकारातमक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ८६ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

#नेप्से

ताजा अपडेट

खोजी गर्नुहोस