साउन ३१, काठमाण्डौँ । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा इभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै कार्यक्रम अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म (भदौ ११ देखि १६ सम्म) काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी दिईएको हो ।
यस वर्षको अटो शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रुपमा रहेको छ । यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रे ब्रान्डहरु, १९ वटा हल्का व्यावसायिक सवारी साधन ब्राण्डहरू प्रदर्शन गरिनेछ । साथै, ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रुपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् ।
कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरु प्रदर्शन गर्नेछन् । शोमा हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ली टिकेटिङ पार्टनरको रूपमा रहने छ । वर्ल्ड बैंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ भने हिट्को प्रा.लि. ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ । सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षाका लागि निगरानी गर्नेछ ।
टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ ।