विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता वृद्धि गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण ३१, बिहिबार (८ महिना अघि)
  • ७० पटक पढिएको
विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता वृद्धि गर्ने

साउन ३१, काठमाडौँ ।  विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन्।

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन्। विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन  अमेरिकी डलर प्राप्त भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस