सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ७, शुक्रबार (८ महिना अघि)
  • ६० पटक पढिएको
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

भाद्र ७, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य सामान्य घट्दै तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस