भाद्र ७, काठमाण्डौँ । कम्पनीको घट औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभामा अध्यक्षज्यूले समिक्षा वर्ष २०७९÷०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भए तापनि सो चुनौतपूर्ण रही यसको लागि लामो समय लाग्ने देखिएको पृष्ठभूमीमा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आ.व.२०७९÷०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आ.व.२०८०÷०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख गरे ।
आ.व.२०७९÷०८० मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि भई रु.१,६८०.९० करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको छ । कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९÷०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।
कम्पनीका सबै लगानीहरु श्री नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिका अनुसार रहेका छन् यी सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा छन् । सोही लगानी निर्देशिका अन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भै रहेको छ ।