विदेशी मुद्रा

के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् आईतबारको सटही दर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ९, आईतबार (८ महिना अघि)
  • ६१ पटक पढिएको
के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् आईतबारको सटही दर

भाद्र ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकन डलर र युरोपियन युरोको सटही दर घटेको छ ।

साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९३ रुपियाँ र बिक्री १३४.५३ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सो मुद्राको खरिद १३४०३ रुपियाँ र बिक्री १३४.६३ रुपियाँ थियो । त्यस्तै शुक्रबार युरो १ को खरिद दर १४९.२७ रुपियाँ र बिक्री १४९.९४ रुपियाँ रहेकामा आज भने खरिद १४८.३ रुपियाँ र बिक्री १४९.५० रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसदिन बेलायती पाउन्ड स्टर्लिङको मूल्य भने स्थिर छ । आजका लागि खरिद दर १७५.७६ रुपियाँ र बिक्री १७६.५५ रुपियाँ रहेकामा गत शुक्रबार पनि यही दरमा सटही भएको छ ।

#विदेशी मुद्रा

ताजा अपडेट

खोजी गर्नुहोस