तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ९, आईतबार (८ महिना अघि)
  • ६८ पटक पढिएको
तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भाद्र ९, काठममाण्डौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५० निर्धारण भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस