भाद्र ९, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आधा दर्जन रेमिट्यान्स कम्पनीहरुको इजाजत पत्र (लाइसेन्स) खारेज गरिदिएको छ।
केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै ५ वटा रेमिट्यान्स कमपनीको लाइसेन्स खारेज भएको जनाएको हो ।
विभागका अनुसार काठमाडौंको लाजिम्पाट स्थित राम्रो रेमिट, गौशाला स्थित ग्लोबल माउनटेन, दरबारमार्ग स्थित संसार रेमिट प्रा.लि.को लाइसेन्स खारेज भएको हो । यस्तै, काठमाडौं न्यूरोडको ललित मनि ट्रान्सफर र अनामनगरको माक्स मनि ट्रान्सफर प्रा.लि.को लाइसेन्स खारेज भएको केन्द्रिय बैंकले जनाएको छ ।
विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप–विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने जनाएको छ।
रेमिट्यान्स कारोबारको सिलसिलामा ती कम्पनीहरुसँग वा कुनै व्यक्ति तथा संस्थाले लेनदेन (विप्रेषणसँग सम्वन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी गराउनपर्ने छ।
तोकिएको उक्त म्यादभित्र लिखित जानकारी प्राप्त नभएको खण्डमा भने बैंक जमानतसमे फुकुवा हुने केन्द्रिय बैंकले जनाएको छ ।
#राष्ट्र बैंक