नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १२, बुधबार (७ महिना अघि)
  • ७५ पटक पढिएको
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक

भाद्र १२, काठमाण्डौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।

लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।

लन्चको क्रममा गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयोे, “नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिन्छ र हामी विश्वास गर्छौं कि नेपाली बजारमा लामो समयदेखि प्रतिक्षित एनएस ४०० जेडले यो विरासतलाई नयाँ उचाइमा पु¥याउनेछ ।”

विशेषताहरुको कुरा गर्नुपर्दा बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन् । साथै स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ । यो बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ ।
मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट–सीट र स्टाइलिश १७–इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ ।

ताजा अपडेट

खोजी गर्नुहोस