स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १२, बुधबार (७ महिना अघि)
  • ७५ पटक पढिएको
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

भाद्र १२, काठमाण्डौँ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००÷– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर मूल्य रु. १००÷– को दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. मिति २०७९÷०९÷१४ मा दर्ता भइ मिति २०८०÷०५÷०१ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

२०८१, भाद्र ९ मा गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस