प्रि सेसनमा पनि दोहोरो अंकले बढ्यो नेप्से, दिनभरमा कति बढ्ला ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १८, मंगलबार (७ महिना अघि)
  • ६६ पटक पढिएको
प्रि सेसनमा पनि दोहोरो अंकले बढ्यो नेप्से, दिनभरमा कति बढ्ला ?

भाद्र १८, काठमाडौँ । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रि सेसनमा पनि सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको बृद्धि भएको छ । प्रि सेसनमा ११.१६ अंकले बढ्दै नेप्से २८३४.४२ को बिन्दुमा उक्लिएको छ ।

प्रि सेसनमा सूचकसँगै कारोबार रकममा उत्साहपूर्णरुपमा बृद्धि भएको छ । २६ हजार २१८ कित्ता सेयर किनबेच हुँदा प्रि सेसनमा कारोबार रकम एक करोड ८ लाख ६८ हजार रुपैयाँको भयो । जुन केही दिनयताकै उच्च हो ।

प्रि सेसनमा कारोबारमा आएका ८७ कम्पनीमध्ये ५९ कम्पनीको मूल्य बढ्यो भने १३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

प्रि सेसनमा विशेषगरी जलविद्युत क्षेत्रका अपि पावर, माथिल्लो तामोकोशी, तमोरलगायतका कम्पनीको कारोबार उच्च रहेको छ ।

लगातार गिरावटका बिच सोमबार एकैदिन १२७.३७ अंकले बृद्धि हुँदै नेप्से २८२३.२५ को बिन्दुमा उक्लिएको थियो । सँगै सोमबार कारोबार रकम पनि उत्साहपूर्णरुपमा बढेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस