भाद्र १८, काठमाण्डौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट मिति २०८१।०५।०७ मा क्रेडिट रेटिङ गराई आइसिआरए डबल बीद्यद्यू रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।
साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेड र आरविवि म्युचुअल फण्ड १ संग मिति २०८१।०५।१७ मा सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।
स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दावी भुक्तानी प्रकृयाले रेटिङलाई सकारात्मक प्रभाव पार्नेछ ।
यस कम्पनीको जारी पूँजी रु. ७५,००,००,०००÷– (अक्षरेपी पचहत्तर करोड रुपैयाँ मात्र) कोे ३० प्रतिशत अर्थात रु. २२,५०,००,०००÷– (अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र) रकम बराबरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई प्रति शेयर रु. १००÷– अंकित दरमा सार्वजनिक निष्काशनको क्रममा रहेको छ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७९ पौष १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । न्यून आय भएका मध्यम वर्ग एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्यका साथ बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७९÷१२÷२८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरि कारोबार सञ्चालन गर्दै आइरहेको छ ।