एभरेष्ट बैंकले दशैँ अघिनै बार्षिक साधारण सभा सम्पन्न गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ३०, आईतबार (७ महिना अघि)
  • ७४ पटक पढिएको
एभरेष्ट बैंकले दशैँ अघिनै बार्षिक साधारण सभा सम्पन्न गर्दै

भाद्र ३०, काठमाण्डौँ ।  एभरेष्ट बैंक लिमिटेडले असोज २० गते ३०औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

बार्षिक साधारण सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा गर्ने बैंकले जनाएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५.५३ प्रतिशत नगद लाभांश वितरणको लागि स्वीकृति प्रदान गर्नेछ ।

दशैँ अघिनै वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीले शेयधरनीहरूलाई दशैँ खर्च वितरण गर्ने तयारी गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।

बोनस शेयर वितरणपछि कम्पनीको पूँँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीका आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस