जलविद्युत

राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो, १० महिनापछि पूरा हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ४, शुक्रबार (७ महिना अघि)
  • ७१ पटक पढिएको
राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो, १० महिनापछि पूरा हुने

असोज ४, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात एक्जिम बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति ८० प्रतिशत छ ।

आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनी कंक्रिट लाइनिङको काम धमाधम भइरहेको छ । कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रुपमा कंक्रिट लाइनिङ गर्नु पर्ने छ । हालसम्म मुख्य सुरुङको एक किलोमिटर कंक्रिट लाइनिङ गरिएको छ ।

मुख्य सुरुङबाट विद्युत्गृहसम्म पानी पुर्याउन राखिने १०५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ । विद्युतगृहको मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान भइरहेको छ । विद्युत् उत्पादनका लागि २०–२० मेगावाटका दुईवटा युनिट रहने छन् ।

#जलविद्युत

 

ताजा अपडेट

खोजी गर्नुहोस