आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो लाभांश घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ६, आईतबार (७ महिना अघि)
  • ९८ पटक पढिएको
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो लाभांश घोषणा

असोज ६,काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ६ गते बिहहान साढे ७ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।

बैठकले आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस