बालेनमाथि प्रधानमन्त्री ओली पक्षको अर्को प्रहार: महानगरपालिका भित्रको धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्ने प्रपन्च

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ७, सोमबार (७ महिना अघि)
  • ७१ पटक पढिएको
बालेनमाथि प्रधानमन्त्री ओली पक्षको अर्को प्रहार: महानगरपालिका भित्रको धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्ने प्रपन्च

असोज ७, काठमाण्डौँ ।  काठमाडौँ महानगरपालिका–४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गा कब्जा गर्न भूमाफिया सक्रिय भएका छन । भुमाफियाको एक समुहले विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणको बाहानामा कब्जा जमाउन सफल भएका छन । २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुने गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीका अन्धभक्त कामपा- ४ का वडाध्यक्ष दिनेश महर्जन भूमाफियासगको सेटिङ्गमा विद्यालयको नाममा लालपुर्जासमेत भएको जग्गामा ब्याबसायिक भवन निर्माण गर्न सहमत भएका छ्न । प्रधानमन्त्री केपी शर्मा ओलीको काठमाडौ महानगरपालिकाका मेयर बालेनलाई असफल बनाउने योजना अन्तर्गत कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको देखिन्छ भन्दै स्थानीय आन्दोलित भएका छ्न ।
मेयर बालेंन शाहसंगको रिसीइबी साध्न विद्यालयलाई हतियार बनाएको, बिध्यालयको अस्तित्व मेटाउन खोजेको कारण यसको प्रतिवादमा उत्रने स्थानीयले बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस