नेपाली अर्थतन्त्र

नेपाली अर्थतन्त्रमा सुधारको संकेत, चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले विस्तार हुने लक्ष्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ९, बुधबार (६ महिना अघि)
  • ११९ पटक पढिएको
नेपाली अर्थतन्त्रमा सुधारको संकेत, चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले विस्तार हुने लक्ष्य

असोज ९, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१,८२ मा नेपालको अर्थतन्त्तमा सुधार आउने प्रक्षेपण गरिएको छ । चालु आवमा नेपालका अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको हो । जुन आर्थिक वर्ष २०८०÷८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने छ ।

एसियाली विकास बैंक एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको हो ।
एसियन डेभलपमेन्ट आउटलुक सेप्टेम्बर २०२४ का अनुसार, सामान्य मनसुनसँगै समयमै धान रोपाई सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकुलतामा निर्भर रहनेछ ।

विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ । पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । लचक मौद्रिक नीति, पुँजीगत वजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१,८२ मा मुद्रा स्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने देखिन्छ । सरल फसल संकलन तथा नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फितिमा सामान्य गिरावट आएसँगै मुद्रास्फिति केन्द्रीय बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण गरिएको छ ।

 

#नेपाली अर्थतन्त्र

ताजा अपडेट

खोजी गर्नुहोस