बजार महँगी ४.१ प्रतिशत वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ११, शुक्रबार (६ महिना अघि)
  • ५८ पटक पढिएको
बजार महँगी ४.१ प्रतिशत वृद्धि

असोज ११, काठमाडौँ । साउन महिनामा बजार महँगी ४.१ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धिको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन गरेको छ । केन्द्रिय बैंकले नयाँ आधार वर्ष २०८०–८१ अनुसार मुद्रास्फीति गणना गरेको हो । नयाँ आधार बर्षको अनुसार गणना गरेको यो पहिलो मुद्रास्फीति हो । यसअघि २०७१–७२ लाई आधार वर्ष मानेर यस्तो तथ्यांक गणना गर्दै आएको थियो । साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।

मूल्य सूचकाङ्क गणनाका लागि भारित वस्तु डालोमा २४९ वस्तु तथा सेवा समुह अन्तर्गत ५२५ वस्तु तथा सेवाहरुको मूल्य संकलन गरिएको छ । तीमध्ये साप्ताहिक, मासिक र त्रैमासिक रुपमा संकलन हुने वस्तु तथा सेवाहरुको संख्या क्रमशः ५९, ९४ र ३७२ वटा रहेका छन् । नयाँ मूल्य सूचकाङ्क प्रदेशगत रुपमा समेत प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस