असोज ११, काठमाण्डौँ । ग्लोबल आइएमई बैकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोवार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वाषिर्क साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नयाँबानेश्वर, शंखमुलमार्ग काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त सभाको अध्यक्षता कम्पनिका अध्यक्ष श्री टेकनाथ पोखरेलले गरेका थिए । सभामा कम्पनिको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि बिश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनिका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, पत्रकार र कर्मचारीहरुको उपस्थिति रहेको थियो । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखा परीक्षकका नियुिक्त÷पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । साथै कम्पनीको नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेड बाट मुख्य कम्पनिको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटडे मा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीकोसम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरिएको छ ।
ग्लोबल आइएमई बैंक लि को पुर्ण स्वामित्व रहेको ब्रोक्रर कम्पनी जेविएनएल सबैको पहुँचमा पुग्नपर्ने ग्लोबल आइएमई बैंकका प्रतिनिधि बिश्व सुवेदीले बताएका छन् । उनले सेवाग्राहीलाई आकर्षित गर्न जरुरी रहेको समेत बताए ।
जेबिएनएल सेक्युरिटीज कम्पनीका अध्यक्ष टेकनाथ पोख्रेलले शेयर बजारमा जेबिएनएल अब ग्लोबल आइएमई सेक्युरिटीज कम्पनीको रुपमा आउने बताउदै यसले आम ग्राहकको मन जित्ने बताएका छन् । उनले आगामी दिनमा शेयरधनीलाई लाभांश र कर्मचारीले बोनस बाड्न सक्ने गरि काम गर्न आग्रह गरे । दीर्घकालीन व्यवसायीक रणनीति बनाउनपर्नेमा जोड दिए ।