हवाई भाडा

चौतर्फि आलोचनापछि तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १३, आईतबार (६ महिना अघि)
  • ४८ पटक पढिएको
चौतर्फि आलोचनापछि तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय

काठमाडौँ । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् । अघिपछि जस्तै नियमित भाडामै उडान गर्ने गरी सहमति भएको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिए ।

अब सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बेच्नेछन् । दशैं नजिकिएसँगै हवाईसेवा कम्पनीहरुले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गरेका थिए ।

दशैंको मुखमै भाडा बढाएको भन्दै चौतर्फी विरोध भएपछि नियामक क्यानले छलफलमा बोलाएको थियो । बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिन नहुने माग सर्वासधारणको छ ।

# हवाई भाडा

ताजा अपडेट

खोजी गर्नुहोस