सुन–चाँदी

घट्यो सुन–चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १४, सोमबार (६ महिना अघि)
  • ५४ पटक पढिएको
घट्यो सुन–चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?

असोज १४, काठमाण्डौँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ ।
आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

#सुन–चाँदी

ताजा अपडेट

खोजी गर्नुहोस