नेप्सेमा १ सय १४ अंकको उछाल ! हिजोभन्दा आज दोब्बरले कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १५, मंगलबार (६ महिना अघि)
  • ९८ पटक पढिएको
नेप्सेमा १ सय १४ अंकको उछाल ! हिजोभन्दा आज दोब्बरले कारोबार

असोज १५,काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब रुपैयाँको पनि कारोबार नभएकोमा आज ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस