काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बीच दुई करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा दुई करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।
बाढीपहिरोको कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बैंक बाढीपहिरोकोे कारण घाइते भएका नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।